राजा ज्ञानेन्द्रले पार्टी खोले हुन्छ : अध्यक्ष नेपाल 

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको आकाशमा कालो बादल मडारिरहेको आफूले देखेको बताएका छन् ।

उनले नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको बताउँदै उनले राजा ज्ञानेन्द्रलाई एउटा पार्टी खोल्न सुझाव दिए । आफूहरुले लोकतन्त्र, नेपाली जनताको रक्षा गर्न आफूहरु सक्षम रहेको बताए । 

उनले नेपाली राजनीतिमा विकृति रहेको बताउँदै लोकतन्त्र बचाउने हो भने एकले अर्काको सम्मान गर्नुपर्ने बताए । 

सो क्रममा उनले २०६२ सालको क्रान्तिको स्मरण गर्दै शोषण, विभेद,कृषिको आधुनिकीकरण गर्नुपर्ने बताउँदै उनले आफूहरुले गफ धेरै गरेको बताए । उनले भने, ‘ जनता किन वैरागिएका छन् । त्यसको शोधखोज र अनुसन्धन गरेर । बौद्धिक जगतले असल ज्ञान दिनुपर्छ ।’ 

© 2021 Quicknepal.com  |  All Rights Reserved.