काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो धारणा राख्ने क्रममा केपी ओलीतिर व्यङ्ग्य गर्दै नेपाली राजनीतिमा कालो बादल मदारिएको बताएका छन् ।
नेपाली राजनीतिमा राजावदीहरुको कुरा उठाएर फेरि राजाको कुरा गरेर देशलाई फरक दिशामा लान खोजेको भन्दै उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई यस्तो अनावश्यक मुद्धामा नलाग्न सुझाएका छन् । उनले राजालाई कुनै व्यापार गरेर बस्न समेत सुझाएका छन् । नेपालको संरचनामा राजाको अब कुनै स्थान नभएको भन्दै मौन रहन सुझाएका छन् ।
नेपाली राजनीतिका विकृतीहरुलाई पन्छाउँदै नेपाललाई विकास उन्मुख बनाउन गठबन्धन दल मिलेर जानुपर्ने नेपालले बताएक छन् । उनले केपी ओलीतिर इंगित गर्दै मै मात्र ठूलो मैले जे भन्यो त्यो हुन्छ भने नसोच्न समेत आग्रह गरेका छन् ।
हामीले मै हुँ भनेहरुको सत्ता ढालेर नयाँ सत्ता परिवर्तन गरेका छौं , अब यसले मात्रै पुग्दैन । अव राजनीतिक रुपान्तरण पनि आवश्यक भएको भन्दै दलहरु नेतातिर सचेत हुन आग्रह गरेका छन् । शुरुमा राजा र राप्रपामाथी खनेका नेता नेपाल पछि केपी ओलीतिर खनिए । केपी ओलीलाई प्रत्यक्ष रुपमा गाली गर्न नसकेका नेपालले अप्रत्यक्ष रुपमा ओलीलाई गाली गर्ने प्रयास गरिरहे ।
नेपाली कांग्रेसको महाधिवेशनले नेपालको छरपस्त समस्याहरुलाई सम्बोधन गर्नुपर्ने र कांग्रेस नेपालको प्रजातान्त्रीक शक्ति भएको बताउँदै नेपालले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे ।