काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एकसाथ प्रदेश अधिवेशनको उद्घाटन गर्ने भएका छन् ।
शनिबार अध्यक्ष प्रचण्डले सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन एकसाथ उद्घाटन गर्न लागेका हुन् ।
सम्मेलन प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछन् ।
उद्घाटन दिउँसो एक बजे भर्चुवल माध्यमबाट हुने कार्यक्रम छ ।
प्रदेशमा १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछन् । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।