देउवा टिममा अटाएनन् विश्व प्रकाश

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रक्ता शर्माले सभापति शेरबहदुर देउवाप्रति असन्तुपष्टि प्रकट गरेका छन् । 

देउवाले सिटौला खेमामा रहेका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेपछि शर्मा सभापति देउवाप्रति असन्तुष्ट बनेका हुन् ।

शर्माले यसअघि नै आफू महामन्त्रीको उम्मेद्वार बन्ने घोषणा गरेका थिए । 

शर्मा लामो समयदेखि नै सभापति देउवाको पक्षमा रहँदै आएका थिए । 

 

 

 

 

 

 

 

 

 

 

  

 

  

समूहका  

 

 

 

 

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । शर्माका सहयोगी ध्रुव लुइँटेलका अनुसार महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरे पनि टिम भने टुंगो लागेको छैन ।

 

कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई सभापति शेरबहादुर देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टि बढेको छ । विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका प्रतिस्पर्धा रोचक हुनेछ ।

 

पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले उपसभापतिमा उठ्ने घोषणा गरेकी छिन् । शनिबार दिनभर कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि सभापतिमा कल्याण गुरुङ र दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट भने सभापतिमा प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने भएका छन् ।

त्यसैगरी विमलेन्द्र निधि शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्रीमा भने गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजालले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.