काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपेटीकाको रुपमा ट्याङ्कीको प्रयोग हुने भएको छ ।
व्यवस्थापन समितिका अनुसार कुल ९५ वटा ट्याङ्की बन्दसत्रस्थलमा राखिएको छ ।
केही समयअघि सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनमा अत्यधुनिक प्रविधि इलेक्ट्रिक भोटिङ गरिएको थियो । तर आसन्न कांग्रेस महाधिवेशमा भने मतपेटिकाको रुपमा ट्याङ्कीको प्रयोग गरिने भएको हो ।
प्रदेश नम्बर २ बाहेक अन्य प्रदेश, जिल्लालगायतबाट छानिएका प्रतिनिधि शुक्रबार नै उद्घाटन समारोहमा आइसकेका छन् । ती प्रतिनिधिले नयाँ नेतृत्वका लागि सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री तथा केन्द्रीय सदस्यका लागि मतदान गर्नेछन् ।