के छ, सभापतिको उम्मेदवारको रेसबाट बाहिरिएका पौडेलले जारी गरेको विज्ञप्तिमा ? ( विज्ञप्तिसहित)

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेद्वारबाट पछि हटेको घोषणा गरेका छन् । 

यसअघि पार्टी सभापतिको रेसमा रहेका पौडेलले आफ्नो पक्षमा सहमति हुन नसकेपछि शनिबार एक विज्ञप्ति जारी गर्दै आफू सभापितको रेसबाट पछि हटेको घोषणा गरेका हुन् ।   

'कांग्रेसलाई आज केव सत्ताको भर्‍याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ,' पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उनले प्रतिस्पर्धाबाट अलग रहे पनि विवेक प्रयोग गरेर मतदान गर्न सबैलाई अपिल गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.