कम्युनिष्टहरुले संस्कृतिबारे प्रष्टता राख्नु पर्छ : लेखनाथ न्यौपाने

काठमाडौं । माओवादी केन्द्र विशेष प्रदेशका अध्यक्ष लेखनाथ न्यौपानेले  कम्युनिष्टहरुले संस्कृतिबारे प्रष्टता राख्नु पर्ने बताएका छन् । शनिबार आयाेजित माओवादी केन्द्रको प्रदेश सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले सम्बाेधनमा विशेष प्रदेश संवेदनशील भएकाे समेत बताए ।

उनले माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन भैरहेको बेला विशेष प्रदेशको प्रतिनिधित्व गर्दै सो कुरा बताएका हुुन् । जसलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । ९ प्रदेशमा नै हाल कार्यक्रम भैरहेको छ ।

कम्युनिष्ट संस्कृतिलाई एकिकृत रुपमा बुझ्दा यसले समाजवादी आन्दोलनमा विशिष्ट योगदान गर्न सक्ने प्रवृत्तिको यो प्रदेश हो । तर यहाँ क्षेत्रगत व्यक्तिगत विविधता रहेको हुनाले केन्द्रित परिचालन केन्द्रित बुझाई केन्द्रित ढङ्गबाट कम्युनिष्ट हुने प्रयत्न गरेनौं भने हामीलाई सकिन्छ त्यस्तो सम्वेदनशी प्रदेश हो यो । उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.