काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् ।
यसअघि देउवा प्यानलमा रहेका शर्मा शनिबार सिंहको प्यानलबाट महामन्त्रीको उम्मेद्वार बनेका हुन् । यसअघि देउवाले सिटौला समूहका युवा नेता प्रदीप पौडेललाई आफ्नो प्यानलबाट महामन्त्री बनाउने भएपछि उनी रुष्ट बनेका थिए ।
सोहीको परिणामस्वरुप उनी सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बनेका हुन् ।