२० हजार पुग्यो माओवादी सम्पर्क समन्वय कमिटी सदस्य

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन चलिरहेको छ । सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त सम्बोधन गर्दैछन् ।
माओवादी केन्द्रको १० वटा मध्ये ९ वटा प्रदेशको सम्मेलन आज भइरहेको हो ।

सम्मेलनमा प्रदेश सम्पर्क समन्वय कमिटीको तर्फबाट अध्यक्ष सत्या पहाडीले सम्पर्क समन्वय प्रदेशमा २० हजार सदस्य रहेको बताएकी छिन् ।

यो प्रदेशले भूगोलका सात प्रदेशलाई सात जिल्ला सम्पर्क समन्वय समिति मानेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका ७४ जिल्लालाई यो प्रदेशले पालिका कमिटी मानेको छ । ७ सय ३२ भूगोलका पालिकाहरुलाई यो प्रदेशले वडा कमिटीको रुपमा मान्यता दिएको छ । भूगोलका सबै वडाहरुलाई यो प्रदेशले सेल कमिटीको रुपमा मान्यता दिएको छ ।

प्रदेश नम्बर १ का १३ वटा पालिका कमिटीको सम्मेलन सम्पन्न भइसकेको उनले सम्बोधनमा बताइन् । माओवादी केन्द्रले प्रदेश नम्बर २ बाट ७ वटा, बागमती प्रदेशबाट १० वटा, गण्डकी प्रदेशबाट ८, लुम्बिनीबाट १२, कर्णालीबाट १०, सुदूरपश्चिमबाट ९ गरी ६९ वटा पालिकास्तरका कमिटी निर्माण गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.