हामी भड्किएको यात्रीझैँ भाएका छौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी भड्किएको यात्रीझैँ भएको बताएका छन् ।

शनिबार माओवादीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । 

‘विभिन्न राजनीतिक दलसँगको सहयात्रा र यो बीचमा भएको संसदीय गन्जगोलमा अल्मलिँदा हामीभित्र कहीँ न कहीँ फोहोर थुप्रिएको छ, धुलो मैलो लागेकै छ,’ उनले भने ।

शनिबार प्रचण्डले भर्चुवल माध्यमबाट भौगोलिक रुपमा सात र गैरभौगोलिक तीन गरी कुल १० प्रदेश अधिवेशनको उद्घाटन एक साथ गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.