शनिबार थप २ सय ३६ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ५ हजार ६ सय ७२ जनाको पिसिआर र ३ हजार ५ सय ६ जनाको एन्टीजेन परिक्षण गर्दा २ सय ३६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ७ जना कोरोना मुक्ता भइ घर फर्केका छन् भने संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार ८ सय ८३ जना सक्रिया कोरोना संक्रमित रहेको मन्त्रालयाले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.