काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आफूले शेरबहादुर देउवा प्यानल नछाड्ने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दिएका विश्वकर्माले आइतबार सो उम्मेदवारी फिर्ता लिएपछि क्विक नेपालसँग सो प्रतिक्रिया दिएका हुन् । उनले आजै पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिएका छन् ।
अरु प्यानलबाट पनि आफूलाई अफर आए पनि आफूले देउवा नछाड्ने बताए । उनले अब आफू देउवा प्यानललाई जिताउन केन्द्रित हुनेसमेत बताए ।