शेयर बजार साम्राज्यवादको विकसित रुप हुन्, प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शेयर बजारलाई साम्राज्यवादको विकसित रुप भएको बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै पूँजीबजारलाई विश्वको पैसा सीमित पूँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणालीको रुपमा उदृत गरेका छन् ।

शेयर बजारले वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाएर विश्वका सीमित पूँजीपतिहरुको हातमा संसारकै धन एककठ्ठा गर्ने गरेको प्रचण्ड बताउँछन् । पूँजीबाट सिधै पूँजीको उत्पादन गर्ने भएकोले औधोगिक क्षेत्रमा लगानी हुँदैन । जसले बस्तु उत्पादनलाईभन्दा पूँजी उत्पादनलाई नै प्राथमिकता दिने गरेको छ । तसर्थ ८० प्रतिशत जनतालाई भोको नाङ्गो राख्ने शेयर बजारलाई पररास्त गर्न आवश्यक रहेको उनको भनाई छ ।

विश्वभर नै यो क्षेत्रमा पूँजी लगानी बढ्दै गएकोले यस प्रकारका विकृतिको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादीको रहेको अध्यक्ष प्रचण्डले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.