एमालेमा सातै प्रदेशका यी हुन् नयाँ इन्चार्जहरु

काठमाडौं । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ ।


जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।

प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.