काँग्रेस महाधिवेशन : मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान सुरु भएको छ ।

कुलबहादुर गुरुङले पहिलो मतदान गरेर मतदान सुरु गरेका हुन् ।

बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । 

नयाँ नेतृत्व चयनका लागि चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।

मतपत्र छपाइ ढिला भएका कारण मतदान ढिलो भएको निर्वाचन समितिले प्रतिक्रिया दिएको छ । पहिलो मतदाता गरेका कुल बहादुर गुरुङले आफूलाई अनौठो लागेको प्रतिक्रया दिएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.