काठमाडौं । कांग्रेस सभापतिका उम्मेद्वार शेखर कोइराला मतदानस्थल पुगेका छन् ।
मतदातालाई नमस्कार गर्दै उनी मतदानस्थल प्रवेश गरेका हुन् । उनी संस्थापन इतर समूहबाट सभापतिको उम्मेद्वार बनेका हुन् ।
यसअघि केन्द्रीय सदस्यमा मात्रै रहेका, तर पदाधिककारीमा नरहेकाले उनलाई कांग्रेसभित्र अनटेस्टेड नेताको रुपमा हेरिएको छ ।
महाधिवेशनका क्रममा कोइराला र देउवाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
प्रतिस्पर्धाबाट सभापतिमा कोइराला विजयी भए कांग्रेसको नेतृत्व पुन: कोइराला परिवारमा पुग्नेछ । यसअघि भएको १३औँ महाधिवेशनमा देउवा सभापतिमा चयन भएसँगै कांग्रेस कोइराला परिवारबाट मुक्त भएको थियो ।