काठमाडौं । नेपाली कांग्रेस १४ औँ महाधिवेशनका सभापतिका आकांक्षी प्रकाशमान सिंहले सभापतिका लागि कडा प्रतिस्पर्धा हुने बताएका छन् ।
१४ औँ महाधिवेशनका क्रममा सोमबार मतदानका लागि मतदानस्थल राष्ट्रिय सभा गृह पुगेका उनले सो बताएका हुन्।
सभापतिका लागि सिंहसहित ५ जना प्रतिस्पर्धाको मैदानमा छन् । यतिखेर राष्ट्रिय सभा गृहमा सभापति सहित १३२ पदका लागि मतदान भइरहेको छ ।