शेखर बसेको कुर्सीमा करिब एक घन्टा बसेर उठे देउवा

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसको जारी मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले करिब एक घन्टा मतदान केन्द्रस्थलमा बसेर बाहिरिएका छन् ।

मतदान गरेर फर्किएका देउवा दिउँसो एकाएक मतदानस्थल पुगे । मतदानस्थल पुगेर मतदानका लागि लाइनमा बसेका प्रतिनिधिसँग भेट गर्दै यताउता गरेका उनी शेखर बसेको कुर्सीमा करिब एक घन्टा बसेर बाहिरएका हुन् ।

शेखर बिहानदेखि मतदान नगरी मतदानस्थलमा बसेका थिए । उनी सो कुर्सीबाट बाहिरिएसँगै देउवा सो कुर्सीमा बसेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.