काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापान कार्यक्रमका लागि बोलाएका छन ।
महाधिवेशनको निर्वाचनमा भाग नलिएका पौडलले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई चियापानमा सहभागि गराउँने उदेश्यले चियापानको कार्यक्रम राखेका हुन ।
वरिष्ठ नेता पौडेलले २८ गते विहानको ठिक नौ बजे लैनचोरमा आयोजना गरिने चियापानमा सहभागी हुनका लागि सबै महाधिवेशन प्रतिनिधीहरुलाई निम्तो दिएका छन ।