लिङ्देनलाई पत्र लेख्दै थापाले भने : पूर्वराजा र निर्मल निवासमाथि छानबिन गरियोस् (पत्रसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पूर्वराजा र निर्मल निवासमाथि छानबिन गर्न माग गरेका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेख्दै थापाले राजसंस्थाद्वारा पार्टीको महाधिवेशनमा हस्तक्षेप गरिएको आरोपसहित छानबिन गर्न माग गरेका हुन् । 

‘राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउने चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस,’ थापाले पत्रमा भनेका छन् ।

यो विषयको निराकरण नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने थापाको भनाइ छ ।

उनको पत्रमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको पछिल्लो कारवाहीले मेरो मूल्य मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ । राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको छ ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.