काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कुल ४ हजार ७ सय ४२ प्रतिनिधि मध्य ४ हजार ६ सय ७९ ले मतदान गरेका छन् । कांग्रेस महाधिबेशन निर्वाचन समितिले ६३ मत मात्रै नखसेको जानकारी दिएको हो ।
मतदान सकिए पछी केही समय मतगनणाको तयारी गरेर राती १ बजेबाट नै मतगनणा शुरु गर्ने बताइएको छ । सभापति पदको मतगनणा राष्ट्रिय सभागृहमा र अरु पदको मतगनणा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने निर्वाचन समितिले जनाएको छ ।
प्रधानमन्त्री समेत रहेका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पहिलो चरणमै आफुले जित्ने दावी गरेका छन् । यस्तै सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले पनि पहिलो चरणमै आफुले निर्वाचन जित्ने दावी गरेका छन् ।
नेता प्रकाशमान सिंहले भने बलियो प्रतिस्पर्धा हुने र दोस्रो चरणमा सबै मिलेर देउवालाई हराउने दावी गरेका छन् । भोली बिहान ११ बजेसम्म पहिलो चरणको निर्वाचनको मत पारीणाम ल्याउनेगरी मतगनणा शुरु गरिने निर्वाचन समितिको तयारी रहेको बताइएको छ ।