कांग्रेस मतगनणा अपडेट : ६०० मत गनणा सकियो, देउवा २८८ र कोइराला २१८

काठमाडौं । नेपाली कांग्रेसको सोमवार बिहान शुरु भएको मतगनणाको पहिलो अपडेट सार्वजनिक भएको छ । ६०० मत गनणा गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।  

६०० मतमा देउवाले  २८८ र शेखर कोइरालाले २१८ प्राप्त गरेका छन् । यसपछीका उम्मेद्वारहरु निकै पछी छन् ।  

राष्ट्रिय सभागृहमा सभापतिको मतगनणा जारी छ ।  छिट्टो मत परिणाम दिनेगरी तीन ठाउँमा मतगनणा भईरहेको छ  ।

महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमा ४ हजार ६७९ मत खसेको छ । ६४ जनाले मत दिएनन् । पहिलो चरणको निर्वाचनमा निर्वाचित हुनको लागि ५१ प्रतिशत अर्थात २३४० मत आबश्यक पर्छ ।  

कुनै पनि सभापतिको उम्मेदवारको मत ५१ प्रतिशत पुगेन भने बारीएता क्रममा पहिलो र दोस्रो उम्मेदवारबिच पुन दोस्रो चरणको निर्वाचन हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.