काठमाडौं । नेपाली कांग्रेसको सोमवार बिहान शुरु भएको मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ । १ हजार मतगणना गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
१ हजार मतमा देउवाले ४७६ र शेखर कोइरालाले ३७३ प्राप्त गरेका छन् । यसपछीका उम्मेद्वारहरु निकै पछी छन् ।
राष्ट्रिय सभागृहमा सभापतिको मतगणना जारी छ । छिट्टो मत परिणाम दिनेगरी तीन ठाउँमा मतगणना भईरहेको छ ।
महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमा ४ हजार ६७९ मत खसेको छ । ६४ जनाले मत दिएनन् । पहिलो चरणको निर्वाचनमा निर्वाचित हुनको लागि ५१ प्रतिशत अर्थात २३४० मत आबश्यक पर्छ ।
कुनै पनि सभापतिको उम्मेदवारको मत ५१ प्रतिशत पुगेन भने बारीएता क्रममा पहिलो र दोस्रो उम्मेदवारबिच पुन दोस्रो चरणको निर्वाचन हुनेछ ।