कांग्रेस मतगणना अपडेट : देउवालाई २०० ले अग्रता, कोइरालालाई ६२६

काठमाडौं । नेपाली कांग्रेसको सोमवार बिहान शुरु भएको मतगणना जारी छ । १७०६ मतगणना गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले २०० ले अग्रता लिएका छन् ।  

१७०६ मा देउवाले  ८११ र शेखर कोइरालाले ६२६ प्राप्त गरेका छन् । यसपछीका उम्मेद्वारहरु निकै पछी छन् ।  छिट्टो मत परिणाम दिनेगरी राष्ट्रिय सभागृहमा तीन ठाउँमा सभापतिको मतगणना जारी छ । 

महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमा ४ हजार ६७९ मत खसेको छ । ६४ जनाले मत दिएनन् । पहिलो चरणको निर्वाचनमा निर्वाचित हुनको लागि ५१ प्रतिशत अर्थात २३४० मत आबश्यक पर्छ ।  

कुनै पनि सभापतिको उम्मेदवारको मत ५१ प्रतिशत पुगेन भने बारीएता क्रममा पहिलो र दोस्रो उम्मेदवारबिच पुन दोस्रो चरणको निर्वाचन हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.