नेपाली कांग्रेस १४औँ महाधिवेशनको मतगणना जारी छ। मतगणनाका क्रममा प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सुरुवाती चरणबाटै देउवाले अग्रता लिए पनि पछिल्लो मतगणनाको अन्तर फराकिलो बन्दै गइरहेको छ । कांग्रेस विधानबमोजिम सभापतिमा विजयी हुन कुल खसेको मतमध्ये ५१ प्रतिशत आवश्यक पर्छ । सभापतिका अन्य आकांक्षीले सोचेअनुरप मत प्राप्त गर्न सकेका छैनन् ।
मतगणनाका क्रममा उनीहरुले झिनो मत प्राप्त गरेका छन् । त्यति मात्र नभएर यथास्थितिमै रोकिने क्रम पनि बढ्दै गएको छ भने कोइरालाको मत घट्दै गइरहेको छ ।
कांग्रेस विधानबमोजिम पहिलो चरणमा कुनै पनि प्रतिस्पर्धीले ५१ प्रतिशत ल्याउनुपर्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । यसका आधारमा कुनै पनि उम्मेदवारले विजयी हुन २३४० मत प्राप्त गर्नुपर्छ । पछिल्लो अपडेटअनुसार शेरबहादुर देउवाले २००० हजार नजिक मत प्राप्त गरिसकेका छन् भने कोइराला निकै पछि छन् ।
यो सामग्री तयार पार्दासम्म चार हजार मत गणना भइसकेको छ ।