निधिले मागे देउवालाई भोट, गुरुङको पनि समर्थन

काठमाडौं । काँग्रेस सभापतिका लागि हुन लागेको दोस्रो चरणको मतदानमा सभापति पदका उम्मेद्वार विमलेन्द्र निधिले शेर बहादुर देउवाका लागि भोट मागेका छन् । निधिले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसँग देउवाका लागि भोट मागेका हुन् ।

सोमबार भएको मतदानमा सभापतिका लागि आवश्यक मत प्राप्त नभएपछि सभापतिका दाबेदार देउवा र शेखर कोइराला पुन चुनावी मैदानमा उत्रिएका हुन् । सहयोग गरिदिन भन्दै देउवा आफ्नै निवासमा भेट गर्न आएकोले उनको आग्रहलाई स्वीकार गरिएको निधिले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले आफूलाई मत दिने प्रतिधिलाई धन्यवाद दिँदै पुन देउवाका लागि मतदान गरिदिन समेत आग्रह गरेका छन् ।

यसैगरि सभापति पदका उम्मेद्वार कल्याण गुरुङले दोस्रो चरणको चुनावमा देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.