सभापतिमा ७ सय प्रतिनिधिले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसकाे १४ महाधिवेशनमा अहिले सभापति पदका लागि दोस्रो पटकको मतदान चलिरहेकाे छ । सभापति पदका प्रतिष्पर्धी शेरबहादुर देउवा प्रतिनिधि छिर्ने छेउमै बसेर मत मागिरहेका छन् ।

अहिलेसम्म ७ सय मतदाताले सभापति पदका लागि मतदान गरिसकेका छन् । महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.