काठमाडौं । सभापति पदको दोस्रो चरणको मतदान नसकिदै शेर बहादुर देउवा समर्थकले खुशीयाली मनाउन थालेका छन् । प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन पाएपछि देउवाको जित सुनिश्चित भएको भन्दै देउवाको समर्थनमा रहेका प्रतिनिधिले खुशीयाली मनाउन थालेका हुन् ।
सोमबार भएको मतदानमा बहुमत प्राप्त नभएपछि सभापतिका लागि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणको मतदानमा भने देउवा र शेखर कोइरालाबिच प्रतिष्पर्धा भएको हो । मंगलबार अपरान्हबाट सुरु भएको मतदानमा सभापतिका दावेदार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् ।
प्हिलो चरणको मतदानमा देउवालाई जितका लागि ८२ भोटको कमी भएको थियो ।