मतदान स्थलबाट बाहिरिए देउवा

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको लागि भएको दोस्रो चरणको मतदान स्थलबाट सभापति उम्मेद्वार शेर बहादुर देउवा बाहिरिएका छन् ।

दोस्रो चरणको मतदानका लागि साँझ नौ बजेसम्मको समय तोकिएको थियो । तर समयमै मतदान नसकिएपछि केही समय थप गरिएको थियो । मंगलबार अपरान्हबाट सुरु भएको मतदानका लाथि सभापति उम्मेद्वार देउवा प्रतिनिध समक्ष मत माग्दै बसेका थिए । तर मतदानको समयअवधि सकिन केही समय मात्रै बाँकी रहँदा उनी मतदान स्थलबाट बाहिरिएका हुन् ।

निर्वाचन समितिका अनुसार सभापतिको मत गणना राती नै सुरु गरिनेछ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.