माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

सुर्खेत । चार दिनदेखि भएको रस्साकस्सीको बीचमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अन्य पदाधिकारी अझैँ टुङ्गो लागेको छैन । चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । ९ सदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेका कारणले पदाधिकारी विनाको प्रदेश कमिटी गठन गरेको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.