पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा
जोखिममा परेका १५ घरका परिवार आफन्तकोमा शरण लिएर बसिरहेका अध्यक्ष दुलालले बताए ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् ।

बस्तीमा लगातारको वर्षाले माथिबाट पहिरो जाँदा उच्च जोखिम बढेको हो । वर्षा हुँदा पहिरो आउन सक्ने डरले भाग्ने गरी तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय गंगाबहादुर दनुवारले बताए ।

पहिरो रोक्न प्रयास गरिदिन स्थानीय सरकारसँग उनले आग्रह पनि गरे । जोखिममा परेका १५ घरका परिवार आफन्तकोमा शरण लिएर बसिरहेका अध्यक्ष दुलालले बताए । जोखिमयुक्त घरलाई जोगाउन स्थानीय सरकार लागिरहेको उनको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.