काडमाडौँ । नेकपा माओवादी केन्द्रले मंसिर २५ गते प्रारम्भ गरेको प्रदेश अधिवेशनले पदाधिकारी चयन गर्न सकेको छैन । यसैबीच माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा अध्यक्ष र सदस्य मात्र चयन गरेकाे छ । अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् ।
माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।