राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०२५ मतदाता

काठमाडौँ ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २०२५ जनाको मतदाता नामावली विहीबार स्वीकृत गरेको छ ।  प्रदेश सभा सदस्य ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जनाको नाम स्वीकृत भएको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १२ गते हुने तय भएकाे छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.