शुक्रबार थप २७५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १६ नमूना परिक्षण  गरिएको थियो । जसमध्ये ७ हजार ६९१ जनामा गरिएको आरटी पीसीआर परिक्षणमा २६९ जना र १ हजार ३२५ जनामा गरिएको एन्टिजेन परिक्षण मार्फत ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५७० जनाको मृत्यु भएको छ । 

आज थपिएका कोरोना संक्रमितसँगै नेपालमा हाल ५ हजार ५२२ जना सक्रिया कोरोना संक्रमित रहेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.