काठमाडौं । सरकारले ६७ देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टाइन बस्नुपर्ने निर्णय सच्याएको छ ।
पर्यटन व्यवसायीलगायतले विरोध जनाएपछि सरकारले सो निर्णय सच्चयएको हो ।
यसअघि सरकारले जर्मनी, बेल्जियमसहितका युरोपेली मुलुकसहित मलेसियाबाट नेपाल आउनेले अनिवार्य सातदिन क्वारेन्टिन बस्नुपर्ने अनिवार्य सर्त लागू गरेको थियो ।
तर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ ।
अर्को सूचना जारी नभएसम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमनले शनिबार जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ ।
क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।