काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ५ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण र २ हजार ५ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ८९ जना कोरोना संक्रमित थपिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, २ सय ५० जना कोरोना मुक्त भएर घर फर्केका छन् भने कोराना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल सक्रिया कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २८ जना रहेको मन्त्रालयले जनाएको छ ।