काठमाडौँ । महोतरीले कोभिड–१९ को नयाँ भेरियन्ट देखापरेसँगै खोप अभियानलाई तीव्रता दिएको छ । । उमेर १२ देखि १७ वर्ष उमेर पुगेका बालबालिका तथा किशोर किशोरीलाई महोतरीमा पौषको ७–११ सम्म खोप लगाइने भएको छ ।
महोतरीको सामुदायिक विधालयमानै गएर विधार्थीहरुलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले जानकारी दिए । त्यसका लागि अहिले नेपालमा मोडना खोप आईसकेको उनले बताएका छन । बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा पौष ६–११ मा खोप अभियान सञ्चालन गरिने भएको छ।
पौष १४ देखि १८ मा जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडाराका विधार्थीहरुलाई खोप लगाइने योजना रहेको छ । अहिले महोत्तरीको कुल जन संख्याको लगभग ६५ प्रतिबतले खोप लगाइसकेका छन । पहिला खोप लगाउन छुटेका तथा दास्रो डोज लगाउन छुटेकाले पनि कोरानाविरुद्धको खोप लगाँउन पाउने उनले बताएका छन ।