चिसो बढेपछि तराईका जनजीवन प्रभावित

धनुषा  ।   चिसो बढेका चिसोका कारण धनुषासहित प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । 

चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको ब्यापार बढेको छ । चिसो बढ्दै जाँदा चिकित्सकले बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल राख्न आग्रह गरेका छन् ।

वर्षेनी चिसोका कारण सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्दै गएपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी पनि बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकले सुझाव दिएका छन । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.