भक्तपुरमा भेटियो भरूवा बन्दुक

काठमाडौं  ।  भक्तपुरमा एक भरूवा बन्दुक फेला परेको छ। 

चाँगुनारायण नगरपालिका पसलडाँडा स्थित तेलकोट जाने हरिगुरू सडकमार्गमा उक्त बन्दुक फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

उनका अनुसार शनिबार बिहान ९ बजे पानी बग्ने ह्युम पाइपभित्र बन्दुक फेला परेको हो । बन्दुक फेला परेको खबर पाएपछि परिसर भक्तपुरबाट प्रहरीको टोली खटिएको थियो।

सो टोलीले थप अनुसन्धान अघि बढाएको छ। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.