नेपालमा थप १ सय ८१ जनामा कोरोना पुष्टि

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८१ जनामा कोराना संक्रमण पुष्टि भएको छ । 

आइतबार ४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण र ५ हजार ४१ जनाको एन्टीजिन परीक्षण गरिएकोबाट सो संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  । 

त्यस्तै, २ सय ८९ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

हाल देशभर ५ हजार २ सय ७१ जना सक्रिया संक्रमित रहेको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.