काठमाडौं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
एमालेले कारबाही गरेका व्यक्ति सदनमा रहेको भन्दै विरोध जनाएपछि सो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बैठकको सुरुमै एमालेका सांसदले सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाएका थिए ।
साथै उनीहरुले सदन खुलाउनेदेखि देशमा देखिएका अन्य समस्या समाधानमा सरकारले प्रतिपक्षी दलसँग किन वार्ता गर्दैन भन्दै प्रश्न गर्दै सदन चल्न नसक्ने बताएका थिए ।
एमालेको सो ध्यानाकर्षणपश्चात् अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित् पक्षलाई रुलिङ गरे ।