काठमाडौं । डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ । रिजालको राजीनामा राष्ट्रपतिको कार्यालयबाट स्वीकृत गरिएको हो ।
रिजालले काँग्रेस महाधिवेशनमा आफ्नो पक्षमा राम्रो मत नआएको भन्दैे राजीनामा दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पुष १ गते दिएको राजीनामा सोमबार स्वीकृत भएको हो ।
यससँगै रक्षा मन्त्रालयको जिम्म प्रधानमन्त्री देउवाले सम्हाल्ने भएको छ ।
