काठमाडौं । स्वास्थ्य मन्त्रालयले थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
१२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी मन्त्रालयले सोही अवधिमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको जनाएको छ भने थप २३२ जना कोरोनामुक्त भएका छन् ।
मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ छ ।