काठमाडौं । आरआर क्याम्पसका शिक्षक कुटिएको विषयले प्रतिनिधि सभामा प्रवेश पाएको छ ।
मंगलबार ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षाका क्रममा सोही कलेजका छात्रा कुवेर जेठारा लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेको विषयले संसदमा प्रवेश पाएको हो ।
नेमकिपाका सांसद प्रेम सुवालले शिक्षकलाई सात टाँका लगाउने गरी कुटिएको विषयमा शिक्षा मन्त्री र गृह मन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।
'आरआर क्याम्पसका क्याम्पस प्रमुख कुटिएको र सात टाँका लगाइएको घटनाबारे शिक्षा मन्त्री र गृह मन्त्रीलाई बोल्न दिनु आवश्यक छ', सुवालले भने।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ। तर सभामुखले अवरोधका बीच कार्यसूची अगाडि बढाउने गरेका छन्।