सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट सरकारी वकिल

काठमाडौं  ।  महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा उनी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो । 

वर्ष वकिल भएपछि उनले प्रभावकारी रूपमा संवैधानिक र कानूनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताएका छन्  ।

सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानून संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.