थप २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 ११ हजार ८ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो।

सोही अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने थप ३४९ जना कोरोनामुक्त भएका छन । 
नेपालमा हाल ५ हजार ४८ जना सक्रिय संक्रमित छन्।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.