बागमती प्रदेशमा नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीद्धारा सपथ ग्रहण

काठमाडौं । बागमती प्रदेश सरकारले पुनः मन्त्रीमण्डल विस्तार गरेको छ । तीन मन्त्री र तीन राज्यमन्त्री थपेपछि शुक्रवार राति शपथ ग्रहण गराइएको छ ।  प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्री  र राज्यमन्त्रीलाई सपथ गराएका हुन् ।

भूमि व्यवस्था सहकारीमन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्रीमा दिपेन्द्र श्रेष्ठले सपथ लिएका हुन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिएका हुन् ।

राज्यमन्त्रीमा सन्त प्रजा मनोनित भएसँगै पहिलो पटक संसद्मा चेपाङ जातिको प्रतिनिधित्व भएको छ । यसअघि मकवानपुरकै गोविन्द चेपाङ संविधानसभा सदस्य भएका थिए । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।  प्रदेश मन्त्री र राज्यमन्त्रीको कूल सङ्ख्या १८ पुगेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.