वैशाख १४  मा स्थानीय तहको चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सिफरिस

काठमाडौं । आउँदो नयाँ बर्षको बैशाख १४ गते स्थानीय तहको निर्वाचन एकै पटक गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेको हो ।

खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकैदिन र एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने निर्वाचन आयोगले जनाएको छ ।

कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए वैशाख १४ र २२ मा गर्न सकिने आयोगले उल्लेख गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.