म भोट हाल्ने नहाल्ने सबैको सभापति हुँः देउवा

काठमाडौं ।  नवनिर्वाचित कांग्रेसका सभापति देउवाले भोट आफूलाई हाल्यो हालेन नभनी सबैको सभापति बन्ने बताए।  देउवाले पार्टीमा आफूले निष्पक्ष ढंगले काम गर्ने बताएका छन्।


‘म सबैलाई समावेश गरेर सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु,’ प्रमाण पत्र वितरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै देउवाले भने।

देउवाले आफूलाई विश्वास गरेर सभापति निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै भोलिका दिनमा कांग्रेसलाई अगाडि बढाउने बताए।

‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ,’ उनले भने।


शनिबार पार्टीमा निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाण पत्र दिइएको थियो। प्रमाण पत्र वितरणपछि केन्द्रीय समिति बैठक बस्ने बताइएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.