काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकको पाँच निर्णय

काठमाडौं  । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिला बैठक पाँचवटा निर्णय गरेको छन् । पार्टी कार्यालयमा बसेको बैठकपछि बैठकले पाँचवटा निर्णय भएको बताइएइको छ  । स्रोतको अनुसार बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको छ। 

 

यस्तै पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय बैठकले गरेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय बैठकमा भएको छ । 

 बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.